Visit our website for a common platform of reminding our back village

"Enhancing to overture of alien villages in Myagdi district, Nepal" www.begkhola.com

News

Myagdi: 41 VDC's photo demonstration by Amar Baniya Beni

Posted on January 23, 2012 at 5:45 AM

अगन्धर तिवारी, म्याग्दी, माघ ८ । म्याग्दी जिल्लाका ४१ ओटै गाविसका महत्वपुर्ण पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक स्थलका साथै जनजातीहरुको भेषभुषा झल्किनेखालको फोटोहरु राखेर स्थानीय सञ्चारकर्मी अमर बानियाँले जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउने प्रयास गरेका छन् । म्याग्दी महोत्सवको अवसरमा बानियाँले गरेको एकल फोटो प्रदर्शनीमा संसारकै गहिरो अन्धगल्छी, गुर्जा, अन्नपुर्ण, धौलागिरि लगायतका क्षेत्रको नजिकबाट लिएको दृश्यका साथै जिल्लाका ४१ ओटै गाविस समेटिएका ८८ ओटा फोटोहरु समावेश छन् ।

१२ वर्षको निरन्तर प्रयासबाट खिचिएका जिल्लाका सबै गाविस र बिभिन्न हिमश्रृङ्खला, पर्यटकीय, धार्मिक क्षेत्र लगायतका फोटाहरुमा जिल्लाको सबैभन्दा दुर्गम गुर्जा गाविसको रमण्ीाय बस्ती, मुदी, चिमखोला लगायतका पहरामा पाइने महत्वपुर्ण पत्थर बिबिध दृश्यहरु समावेश छन् ।

जिल्लाका सबै गाउँ घुम्न चाहना भएर पनि सम्भव नहुनेहरुले फोटो हेरेपछि सबै गाउँ घुमेको अनुभव हुने भएकोले तस्बिरहरुले धेरै कुराको सन्देश दिएको अवलोकनकर्ताहरुले प्रतिकृया दिएका छन् ।

जिल्लाको पर्यटन प्रबर्धनमा सहयोग पु-याउने उद्देश्यले शुरु गरिएको एकल फोटो प्रदर्शनीको अस्टेलियन राजदूत सुजान ग्रेसले समेत अवलोकन गरेकी थिइन् ।

अवलोकनपछि राजदूत ग्रेसले फोटो प्रदर्शनी अवलोकन गरिसकेपछि आँफुले म्याग्दी जिल्लाका धेरै कुराहरुको अनुसन्धान गर्ने अवसर पाएको बताएकी थिइन् ।

प्रदर्शनीमा राखिएका फोटोहरुमा जिल्लाको सम्भावना बोकेका प्रायः सबै क्षेत्रका साथै जातजातीका पहिचान, नृत्य लगायत पनि समेटिएको हुनाले प्रदर्शनीले यस जिल्लाको पर्यटन विकासमा धेरै योगदान पु¥याउने बिस्वास आँफुले लिएको ग्रेसको भनाई थियो ।

फोटो प्रदर्शनीमा जिल्लाका प्रायजसो सबै क्षेत्रहरुको चिनारी सहित हेर्न पाइएको भन्दै अवलोकनकर्ताहरुले फोटो प्रदर्शनीले म्याग्दी जिल्लाको गौरव बढाएको बताएका छन् । आँफु जिल्लाबासी भएर पनि दुईचार गाविस भन्दा घुम्न नपाएको स्मरण गर्दै अवलोकनकर्ता लक्ष्मी पुनले बानियाँले गरेको एकल प्रदर्शनीका कारण सबै गाउँ र पर्यटकीय क्षेत्र घुमेको अनुभूती भएको बताइन् ।

फोटो संकलन गर्नु र प्रदर्शन गर्नु निकै कठिन काम भएको भन्दै संकलक एवं प्रदर्शक बानियाँले प्रदर्शन गरिएका फोटोहरु संकलन गर्दा निकै संघर्ष गर्नुपरेको बताए । जिल्लाको पर्यटन प्रवर्धन तथा पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारमा यसले सहयोग पुग्ने अपेक्षा लिएको भन्दै बानियाँले धेरै क्षेत्रका व्यक्तिहरुबाट प्रशंसा समेत पाएको बताएका छन् । पुष २९ गतेदेखि शुरु भएको फोटो प्रदर्शनी करिव तिस हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । प्रदर्शनी आजै आइतबार सकिएको छ ।

 

Categories: Myagdi district

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

नेपाली समय

Google Translator

बेगखोला डट कमको सूचना !

जो नयाँ साथीहरु बेगखोला डट कम हेरी प्रतिक्रिया

लेख्ने चाहनु हुन्छ उहाँहरुले हाम्रो पाहुना किताब

(Guest Book) मा गएर भर्नु होला 

Upcoming Events

Saturday, Jul 28 at 11:00 AM - 10:00 PM

Recent Videos

279 views - 3 comments
162 views - 0 comments
134 views - 0 comments


Nepali Calendar


Visitors