Visit our website for a common platform of reminding our back village

"Enhancing to overture of alien villages in Myagdi district, Nepal" www.begkhola.com

News

10 Lakhs Fund raised by Mona Hong Kong for Education Trust Fund

Posted on February 5, 2012 at 10:35 AM

लोकेस बोगटी

हङकङ २१ माघ

०३ फेब्रुअरी २०१२, हङकङ रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी नेपाली संघ ९मोना० हङकङले आफ्नो गृह जिल्ला म्याग्दीमा मोना हङकङ अक्षय कोष नामक अक्ष्य कोष खडा गरी म्याग्दी जिल्लाका सरकारीरसामुदायक बिधालयहरु बाट सर्बोत्कृस्त र उत्कृस्त अंक ल्याउने दुइ बिधार्थिहरुलाई पुरस्कृत गर्ने जानकारि हङकङको जोर्डन स्थित कङगन रेस्टुरेन्टमा एक बृहत जानकारी सभाको आयोजना गरी जानकारी दिइयो ।



 

मोना हङकङ अध्यक्ष दल सेर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा प्रमुख अतिथी, मोना अन्तराष्ट्रिय समिती सद्स्य तुल्म राज राम्जाली, हङकङ च्याम्बर अफ कमर्श उपाध्यक्ष डासु राम पराजुली बिशेष अतिथी रहेका थिए भने, अतिथीहरुमा पुन मगर समाज हङकङ अध्यक्ष राजु गर्बुजा, थकाली सेवा समिती हङकङ अध्यक्ष हर्क नारायण तुलाचन्, मगर संघ हङकङ अध्यक्ष चन्द्र ज्योति आले र पर्बत मन्च हङकङ अध्यक्ष बिसन गुरुङ रहेका थिए। कार्यक्रमलाई मोना सह-सचिब रुपा चोचाङीले सन्चालन गरेकी थिईन भने सचिब लोकेश बोगटी बाट स्वागत मन्तब्य सहित अक्षय कोष सम्बन्धि बिस्तृत जानकारी गराएका थिए ।

 

सचिब बोगटीका अनुसार यस कोषको निम्ती नेपाली रु दस लाख जतिको सहयोग सङ्कलन भईसकेको र त्यस मध्य रु आठ लाख कास्ठमन्डप बिकास बैंकमा जम्मा गरी सकिएको र बाकी दुई लाख जति चाडै नै जम्मा गरिने पनि जानकारी गराएका थिए । उक्त कोषबाट म्याग्दी जिल्लाका सरकारीरसामुदायक बिधालयहरु बाट एस् एल सि परिक्षामा सहभागी भई सर्बोत्कृस्ट अक ल्याउने एक र यदि छात्रले सर्बोत्कृस्ट ल्याएमा छात्राहरु मध्य बाट उत्कृस्ट अंक ल्याउने एक र यदि छात्राले सर्बोत्कृस्ट ल्याएमा छात्रहरु बाट उत्कृष्ट अंक ल्याउने एक गरी बार्षिक रुपमा दुई बिधार्थीहरुलाइ जनही नगद रु ३०,००० र रु २०,००० सहित प्रशसा पत्र अनि सम्बन्धित बिधालयलाई पनि प्रशसा पत्र प्रदान गरिने जनाइयो ।

 

यसै गरी २०६७ सालको एस् एल सि पारीक्षामा सर्बोत्कृस्ट र उत्कृष्ट अंक ल्याउन सफल जमुना खर्क उच्च माध्यामिक बिधालय अर्थुङेका बिधार्थी प्रतिक ढुंगाना र आरती ढुंगानालाई चाडै नै बेनी बजारमा एक कार्यक्रम गरी पुरस्कृत गरिने पनि जानकारी दिइयो र त्यसको निम्ती मोना हङकङ अध्यक्ष दल सेर्बुजा सहितको एक टोली नेपाल आउने समेत जानकारी गराईयो ।

 

मोना हङकङ अध्यक्ष दल सेर्बुजाले सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरु प्रती धन्यवाद ग्यापन गरेका थिए भने प्रमुख अतिथी र अतिथीहरु बाट शुभकामना मन्तब्य सहित मोना हङकङको यस कार्यको प्रशसा र सर्हाना गरेका थिए । कार्यक्रम स्थलबाटै बिभिन्न महानुभाबहरु बाट करिब ७,००० डलर सहयोग सङ्कलन भएको थियो भने संस्थाको तर्फ बाट उपस्थित सबैलाई निशुल्क रात्री भोज उपलब्ध गराईएको थियो ।

Categories: Overseas News

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

नेपाली समय

Google Translator

बेगखोला डट कमको सूचना !

जो नयाँ साथीहरु बेगखोला डट कम हेरी प्रतिक्रिया

लेख्ने चाहनु हुन्छ उहाँहरुले हाम्रो पाहुना किताब

(Guest Book) मा गएर भर्नु होला 

Upcoming Events

Saturday, Jul 28 at 11:00 AM - 10:00 PM

Recent Videos

279 views - 3 comments
162 views - 0 comments
134 views - 0 comments


Nepali Calendar


Visitors