Visit our website for a common platform of reminding our back village

"Enhancing to overture of alien villages in Myagdi district, Nepal" www.begkhola.com

News

Dana VDC Hong Kong Charity BBQ Successful over

Posted on February 5, 2012 at 10:55 AM

म्याग्दी जिल्ला दाना गाबिस हाल हंगकंगमा रहनुभएका बासिन्दाहरुको पहलमा गाउँको उच्च माध्यमिक बिद्यालयको लागि आर्थिक सहयोगार्थ बिबिक्यू कार्यक्रम बिबिध सांस्कृतिक कार्यक्रम सहित  अपेक्षा भन्दा बढी सफलताका साथ सम्पन्न ।

 


बेगखोला डट कम समाचार

५ फेब्रुअरी २०१२

हङ्कङ्

यही ५ फेब्रुअरी २०१२, आईतबारका दिन म्याग्दी जिल्ला दाना गाबिस हाल हंगकंगमा रहनुभएका बासिन्दाहरुको पहलमा गाउँको उच्च माध्यमिक बिद्यालयको लागि आर्थिक सहयोगार्थ बिबिक्यू कार्यक्रम बिबिध सांस्कृतिक कार्यक्रम सहित  अपेक्षा भन्दा बढी सफलताका साथ सम्पन्न भएको छ । दाना गाबिसका घर परिवार तथा छोरी चेली लगायत अन्य दुई संस्थाहरु मोना हंगकंग र पुन मगर समाज हंगकंगको सक्रियतामा सम्पन्न सो कार्यक्रम बिना औपचारिक कार्यक्रम पनि बिबिध सांस्कृतिक कार्यक्रमको रमझमले आगन्तुक पाहुनाहरुलाई भरपुर  मनोरन्जन दिलाउन सफल भएको थियो  ।

कार्यक्रमको शुभारम्भमा दाना गाबिसका छोरी चेलीका तर्फबाट गोमा पुर्जाले आगन्तुक सम्पूर्ण गाउँलेबासी लगायत पाहुनाहरुलाई स्वागत गर्दै दाना गाबिसको सानो चिनारी समेत बक्तब्यबाट प्रष्टाइन । प्रशिद्द रुप्से झरना र काली गण्डकीको गहिरो खोच भनेर म्याग्दी जिल्लाको दाना गाबिसलाई चिन्ने गरिन्छ र वरिपरी डाँडा काँडाले घेरिएको उपत्यका जस्तै लाग्ने कुनै बेला म्याग्दी जिल्लाको नै सदरमुकाम भएको ठाउं र यस गाबिसमा ३ वटा बिद्यालय भएको कुरा बताइन ।  त्यसपछी लगत्तै सांस्कृतिक कार्यक्रमको शुरुवात भएको जानकारी कार्यक्रम संचालिका मोना हंगकंगका सह- सचिव रुपा चोचांगीले घोषणा गराएकी थिइन ।  

एकल पुरुष गायक जगत चोचांगी तथा महिला गायिका रुपा गुरुङको सुमुधुर गीत ,मंजु थापा र शोभराज जीको तितेकरेली  दोहोरी गीत र दर्शकको नृत्य , महिला समुहको कौडा नृत्य र ठाडो तथा घुमाउने भाखाका गीतहरुले त्यहाँ आगन्तुकहरुलाई मंकी हिल छोड्न मन लागेको थिएन ।  त्यस माथि थप  अझै केशु पुन र नमिना पुनको रुपै राम्रो रुपा तालको .... भन्ने गीतमा असल नाँच हेर्दा  त झन अझै मोहनी नै लगायो  ।



बिबिक्यू कार्यक्रम स्थल सम्म पुग्न युनलुंग र कामतिन देखि मंकीहिल सम्म पुग्न गाडीको व्यवस्था दाना गाबिसका भद्र गर्बुजा र नगेन्द्र गर्बुजाले प्रायोजन गर्नु भएको थियो ।

सांकृतिक कार्यक्रमको अन्त तिर मोना हंगकंगका वर्तमान अध्यक्ष दल सेर्बुजा र पुन मगर समाज हंगकंगका वर्तमान अध्यक्ष राजु गर्बुजाले आ आफ्नै छोटो मन्तब्य स्टेजमै दिनु भएको थियो ।  बक्तब्यको क्रममा दल सेर्बुजाले भन्नु भयो , दाना गाबिसमा भएको ज्ञान प्रकाश माबि आफुले बि.स.२०४४ सालतिर एसएलसी दिदा पनि थियो र हाल निकै पुरानो भैसक्यो र यो माबि निकै पहिले नै उच्च माध्यमिक हुनु पर्ने आवश्यकता जिकिर गर्नु भएको थियो भने राजु गर्बुजाले हाल मोना हंगकंग र पुन मगर समाज हंगकंग दाजुभाइ सरह भएका छौं र एक अर्कालाई दू:ख सुख पर्दा एक आपसमा जहिले पनि सल्लाह गरी राखिने कुरा बताउनु भएको थियो र त्यसैको प्रतिफल आजको दाना गाबिसको बिद्यालयको लागि आर्थिक सहयोगार्थ बिबिक्यू कार्यक्रम सफल हुन सकेको कुरा औल्याउनु भयो ।  

दिनमा बिबिक्यू खानेको लागि ब्यस्त भए पनि बेलुकी पख भने मनोरन्जनले स्टेज तिर लोभ्याउदै थियो र सहयोग गर्ने सहयोगीहरु पनि ओइरो लागेको थियो र सहयोग गर्ने व्यक्तिहरुको नामावली तुरुन्तै स्टेजबाट पुकारिन्थ्यो र सहयोग जारी राखेको थियो । आफुले सोचे भन्दा बढी आर्थिक संकलन हुँदै गरेको कुरा बिना पुनले जानकारी गराईन् भने नामावली टिपाउने काम दल सेर्बुजाले सहयोग गर्नु भएको थियो भने आर्थिक संकलन मोना हंगकंगका कोषाध्यक्ष कर्ण पुनले सघाउनु भएको थियो ।

समरण रहोस् दाना गाबिसको तर्फबाट हंगकंगमा बास्तविक घरपरिवार जम्मा १०/१२ वटा भएपनि मोना हंगकंग र पुन मगर समाज हंगकंगको सक्रियताले यो सफलता मिलेकोमा गर्ब गर्दै गोमा पुर्जा पुन र बिना पुनले  यी दुई संस्था प्रति हार्दिक आभार प्रकट गरेका थिए ।


 

______________________________________________________________________

बिबिक्युको अरु फोटोहरु हेर्नको लागि हंगकंग नेपाली डट कमको वेबसाइटमा हेर्नु होला

यहाँ क्लिक गर्नुहोस् अरु फोटो हेर्नको लागि  




Categories: Overseas News

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

0 Comments

नेपाली समय

Google Translator

बेगखोला डट कमको सूचना !

जो नयाँ साथीहरु बेगखोला डट कम हेरी प्रतिक्रिया

लेख्ने चाहनु हुन्छ उहाँहरुले हाम्रो पाहुना किताब

(Guest Book) मा गएर भर्नु होला 

Upcoming Events

Saturday, Jul 28 at 11:00 AM - 10:00 PM

Recent Videos

279 views - 3 comments
162 views - 0 comments
134 views - 0 comments


Nepali Calendar


Visitors