| Posted on July 29, 2010 at 10:26 AM |
हरिकृष्ण गौतम
म्याग्दी, १३ साउन
वर्षतको शुरुआतसंगै पहिरो जान थालेपछि म्याग्दीका बिभिन्न ६ गाविसका सातसय ७५ भन्दा बढि परिवार पहिराको जोखिममा परेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्लाको भकिम्ली गाविसमा रहेको तोराखेतका ६०, अर्थुङ्गे गाविसमा रहेको जामुनाखर्कका १५१, हिस्तानको औलागाउँका १४३, भकिम्लीको भिरमुनी गाउँका २२०, निस्कोट गाविसका १०९, ओखरबोट र रुम गाविसका ९३ गरि सातसय ७५ घरपरिवार पहिरो तथा नदिकटानको जोखिमका कारण बिस्थापित हुने खतरामा रहेको बताइएको छ ।
केहि बर्षअघि गएको पहिरोमा परि हिस्तानको औला गाउँका दर्जनौ परिवार बिस्थापित भएकोमा अहिलेसम्म पनि उक्त गाउँलाई पहिरोबाट पुर्ण रुपमा सुरक्षा दिन नसकिएको समय परियोजनाका कार्यक्रम संयोजक अमर बानियाँले बताउनुभयो
औला गाउँजस्तै ज्यामरुककोट गाविसको तोराखेतमा रहेका १८ परिवार पनि विगत चार वर्षखि पहिराको जोखिममा रहेका छन् । गत दुइवर्षअगाडी रुम र ओखरबोट गाविसमा पर्ने रुम खोलाकिनारमा रहेका सात घरलाई रुमखोलाले बगाएपछि अहिलेसम्म त्यहाँ रहेका दर्जनभन्दा बढि परिवार नदिकटानको जोमिमा परिरहेका छन् ।
डेनिस र नेपाल रेडक्रसको संयुक्त सहयोग तथा जिल्ला रेडक्रस सोसाइटी म्याग्दी शाखाको संयोजनमा विगत एकवर्षेखि उक्त ६ वटै गाविसमा बहुखतरा जोखिम न्यूनिकरणमार्फ सुरक्षित समुखाय -सेफ
कार्यक्रम लागु भएका गाविसका सहयोगी,जिल्ला विभिन्न सरकारी कार्यालयका प्रमुख लगाएतको सहभागितामा जिल्ला रेडक्रस सोसाइटीले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरिय पाठ सिकाइ कार्यशालामा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पहिरो र नदीकटानका कारण प्रत्यक्ष असरमा परेका गाउँहरूलाई अन्यत्र सुरक्षित ठाउँमा नसारेसम्म ति सबै गाउँहरू सधैं जोखिममा रहिरहने बताउनुभयो ।
गत साउनदेखि शुरु भएको परियोजनाले छ वटै गाविसका बिभिन्न गाउँहरूलाई प्रकोपबाट बचाउनका लागि तारजाली भोर्ने, बिभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, प्रकोप पुर्व तयारीका बारेमा सडक नाटक लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको परियोजनाका सामुदायिक प्रशिक्षक सारदा पहाडीले बताउनुभयो ।
जिल्लाका ६ वटै गाविसमा पहिरो तथा नदिकटानबाट जोखिममा परेका गउँहरूको सुरक्षाका लागि जिल्लामा एक परियोजना लागु भएपछि समय अभावका कारण उक्त गाउँहरूको सबै समस्या समाधान गर्न नसकिएको बताइएको छ ।
पहिराकै कारण विगत तिनदिनदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक भने अझै दुइसाता खुल्न नसक्ने भएको छ ।चारदिन बितिसक्दा समेत सडक मर्मत हुन नसकेका कारण बेनी-जोमसोम सडकखण्डमा अझैसम्म यातायातका साधनहरू सञ्चालन हुनसकेका छैनन् ।
सडकको एकदर्जनभन्दा बढि ठाउँमा पहिरो जानुका साथै खोलाले ससाना पुल भत्काएका कारण मर्मत गर्न तत्कालका लागि कठिनाई भएको भन्दै म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचनले पानी रोकिएमा दुइ साता भित्रमा सडक खुलाईने जनाए ।
सडकको सबैभन्दा जटिल चमेरेमा पहिरो गएको र त्यहाँ च्यानवाला हेवी डोजर समेत लैजान नसकिएको हुनाले थप समस्या भएको अध्यक्ष भट्टचनको भनाई छ ।
सडक बन्द भएपछि संसारकै सातौं उत्कृष्ट गन्तब्यका रुपमा परिचित अन्नपुर्ण पदमार्गमा यात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकहरूलाई समेत समस्या परेको छ । तिनवर्षअगाडी बेनी-जोमसोम सडकमा गाभिएको पदमार्गका ठाउँठाउँमा पहिरो आएपछि सडकबाटै पैदल यात्रा गर्नेहरू र यातायातका साधनको प्रयोग गर्नेहरूलाई समस्या परेको धौलागिरि पर्यटन विकास परिषदका अध्यक्ष अमर बानियाँले बताए ।
बेनीदेखि जोमसोमसम्म बेगखोला, दानाको भिर, चमेरे, भुरुङतातोपानी, काभ्रेको भिर, रुप्से छहरा, बोक्सीखोला, लेतेखोला, घाँसाको भिर लगायतका दर्जनबढि पहिरो गएकका कारण कम्तीमा दश दिन यातायातका साधन खुल्न नसक्ने म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बतएका छन् । त्यस्तै म्याग्दीको बेगखोला गाविसस्थीत औला गाउँको थाप्पा गाउँमा रहेको एक प्राथमिक विद्यालयलाई मंगलबार गएको पहिरोले पुर्दा विद्यालयको चारकोठे भवन भत्किएको छ ।
छ कोठामात्रै रहेको प्राथमिक विद्यालय भन्दा माथीबाट अविरल वर्षात संगै खसेको पहिरोले चारकोठे भवन पुरेपछि मंगलबारबाटै विद्यालयको पठनपाठन अवरुद्ध बनेको छ ।
सोमबार साँझदेखि परेको वर्षात नरोकिएपछि विद्यालयको करिव ५० मिटर माथीको भिरबाट एक्कासी पहिरो बगेर हेर्दाहेर्दै विद्यालयको चारकोठे भवन पुरेको स्थानीय प्रत्यक्षदर्शी जामानशिंह पुर्जाले बताए ।
पहिरोले विद्यालय पुरेपछि करिव १५ लाख बराबरको विद्यालय भवनका साथै भवनमा रहेका फर्निचर समेत पुरिएर काम नलाग्ने अवस्थामा पुगेको पुर्जाले बताएका छन् ।
विद्यालय पहिराको जोखिममा परेको जानकारी पाएको भएपनि समयमै पहल हुन नसक्दा लाखौंको क्षती व्यहोर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर पुनले बताउनु भयो
Categories: Related to News
The words you entered did not match the given text. Please try again.

Oops!
Oops, you forgot something.