बेगखोला डट कम हेरी राखनु भएका सम्पूर्ण पाठक , स्रोता तथा दर्शक बृन्दमा म बेगखोला डट कमको झूर सम्पादकको तर्फबाट नमस्ते !
म अहिले हंगकंगको ८.३ डिग्री सेल्सियस भएको स्थानबाट लेखि राखेको छु र औसत समग्र हंगकंगको तापक्रम १० डिग्री सेल्सियस छ । मलाई एउटा कुराको याद आयो - हाम्रो एकजना गाउँलेले भनेको कुरा : चाईनिज नयाँ बर्षमा सधै पानी पर्छ भनेर । हो सांचिकै रहेछ आज पनि सिम सिम पानी परेको छ र बाहिर मौसम एकदम जाडो छ । चिनियाँहरुले यस बर्ष २०१२ लाई ड्रयागन बर्षको रुपमा मनाउने गरेको छ ।
सायद बिगतमा हंगकंगमा रहेनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई याद आयो होला , चिनियाँ बर्षको सजी सजावट , लाइसीका राता राता पकेटहरु, खानेकुरा तथा फलफुलहरुको बिबिधता , चिनियाँहरुको भिडभाड आदि आदि कुरा गरेर साध्य नै छैन । चिनियाँहरुले आरुको बोट सिंगै ल्याएर प्लाजा तथा आ आफ्ना व्यवसायिक भवनहरुमा सजाउने गर्दा रहेछन । बिशेष गरी यो चाडमा आफु भन्दा मान्यजनहरुको घरमा गएर सम्पूर्ण परिवारको साथ खानपिन गर्दा रहेछन, जस्तो विवाहितहरुले विवाहित छोरीको आमाबुबाको घरमा गएर पहिलो र दोस्रो दिन खानपिन गर्दा रहेछन् र तेस्रो दिनमा खादैनन रे ! उनीहरुको परम्परामा धेरै बिबिधता छ ।
हंगकंगको बिद्यार्थीहरुको यो हप्ता निकै लामो एक हप्ता बिदा भएपनि काम गर्नेहरुको कतिको लागि भने छुट्टी नै होला तर कतिपयको लागि भने सुख सयल छैन चाहे जाडो होस् चाहे गर्मी होस् जानु नै परयो, यो यथार्थ हो । आज भने लेखकले एक दिन छुट्टी पाएको मौका छोपेर एक दुई हरफ लेखने जमर्को गरेको छ र बाहिर मौसम पनि जाडो भएकोले अझ मौका पाए ।
ठट्टयौली पारामा भन्नु पर्दा लेखकलाई "लेक" भन्न मन लाग्ने तर बाध्यताबश घरि घरि "लेख" भन्न बाध्य भएको छ । आदरणिय पाठक बृन्दहरुमा म के अनुरोध गर्न चाहन्छु भने बास्तवमा मलाई लेखक नभन्नुहोस् किनकि यो कुनै धेरै पुस्तक अध्ययन गरेर लेख तयार गरिदैन , मौका पाएको खण्डमा मात्रै झुल्किने प्रयास मात्रै हो यहाँहरुलाई कस्तो लाग्छ ।
हामी देश बिदेशमा छरिएर रहेका छौं , कोही हंगकंग, कोही बेलायत , कोही अमेरीका , कोही जापान , कोही दक्षिण कोरिया , कोही आइरलेन्ड, कोही कतार, कोही मलेशिया , कोही पोर्चुगल र बेल्जियम , कोही साउदी अरब कोही , इराक , कोही बहराइन , कोही दुबई.... आदि आदि । हामी सबैले आफ्नो जन्मभूमिलाई छोडेर कोही स्थायी बसोबासको रुपमा विदेश पलायन भएका छौं भने कोही अस्थायी रुपमा बसोबास गरेर कर्म भूमि बनाई राखेका छौं । सायद बिदेशमा बस्ने झन्डै ८५ % हरेक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो जन्मभूमि नेपालको, आफ्नो गाउँको सम्झना गरी राख्छन । कोही आफै बिदा मिलाएर जन्मथलो पुग्ने प्रयास गर्दछन भने कोही फोन मार्फत हाल खबर बुझेर , कोही छापा समाचार पढेर र कोही अनलाइन समाचार हेरेर, कोही बिभिन्न नेपाली चाडबाडमा जातीय सांस्कृतिक झल्कने कार्यक्रम गरेर तर जे भएपनि आखिर एउटै उद्धेश्य भनेको आफ्नो जन्मभूमिको सम्झना स्वरुप जस्तो लाग्छ मलाई । अब रहयो बाँकी १५ % के हुन् त ? लेखकको सर्भेक्षण अनुसार धेरै जसो उनीहरु बिदेशमा जन्मेका नानीहरु अथवा बिदेशमा नै शिक्षा हासिल गरेका जो उनीहरु नेपाल नै खुट्टा नै टेकी राखेका छैनन् , कतिपय नेपाल पुगेपनि आखिर विदेशको संस्कृति र शिक्षामा ब्यस्त हुँदा उनिहरुलाई आफ्नो देश के हो भन्ने याद नै नभएका बिद्यार्थिहरु र कोही पाका व्यक्तिहरु पनि आफ्नो देशको अवस्थादेखि असन्तुष्ट भएर नेपाल प्रतिको माया टाढिदै गएका व्यक्तिहरु पर्दछन जस्तो लाग्छ ।
बास्तवमा भन्ने हो भने आफ्नो देशको रहन सहन , भेषभूषा , लोक संस्कृति सबै भन्दा प्यारो लाग्दो रहेछ भन्ने कुरा लेखकले यस बर्ष अनुसन्धानमा निकर्योल गरेको छ । यी हाम्रा गहना हुन् , यी हाम्रा सम्पति हुन् , जब यी कुराको लोप हुन्छ स्वाभाविक रुपमा हाम्रो अस्तित्व पनि लोप हुँदै जाने कुरा औल्याउन सकिन्छ । उदाहरणको लागि भन्ने नै हो भने चाइनिज नयाँ बर्ष लागेको छ, भयङ्कर सजि सजावट छन, ठाउं ठाउँमा स्टेज कार्यक्रमहरु भइ राखेका छन तर त्यहाँ गएर सुन्ने हो भने गीतले के भन्न खोजेको हो, गीत कस्तो खालको हो केही बुझिदैन , न मिठास आउँछ आफुलाई । मैले वेबसाइटमा चाइनिज गीत गाएको भिडियो राखे भने पनि तपाईहरुलाई मजा नै आउंदैन , मैले खिच्न त २ मिनेट जतिको खिचे तर मौसम सन्दर्भ राखे पनि तपाईहरुलाई बोर हुन् सक्छ । यदि त्यो स्टेजमा मजाले नेपाली लोक गीत घन्किएको भए थुप्रै वेब दर्शकहरुले अवलोकन गर्न मौका पाउथे होला भन्ने मेरो ठम्माई छ ।
यसै सन्दर्भमा एउटा कुरा के बहशमा ल्याउन चाहन्छु भने माघको पहिलो हप्ता भरि म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा म्याग्दी महोत्सव सम्पन्न भयो तर महोत्सव शुरु भएर सकियो पनि तर एउटा भिडियो हेर्न पाईएन अबका पछि भिडियो कसैले राखे पनि कुनै मतलब अर्थात् महत्व हुँदैन । यत्रो १० दिन मेला लाग्दा पनि दृश्य मिडिया देखन नपाउनु दू:खदको कुरा हो । हाम्रो बेगखोला डट कम त एउटा सानो वेबसाइट हो जसले ठूल ठूला मिडिया कभरेज गर्न सक्दैन र हाम्रो वेबसाइटमा आवश्यक जनशक्ति छैनन् र यो वेबसाइट भोलुन्टरी चलेको छ । मेरो वेबसाइट संचालनको अनुभवमा दर्शक महानुभावहरुलाई निरास नपार्न हरेक स्रोत खोजी राखेका हुन्छौं तर स्रोत भेटेमा उचित र सान्दर्भिक लागेमा वेबसाइटमा प्रशारण हुन्छ । म यसपाली छक्कै परे होइन यत्रो म्याग्दी जिल्लामा कोही छैनन् भिडियो राख्ने ? , दोहोरी गीत भइ राखेको, हस्यौली प्रहसन भएको समाचार मात्रै आएको छ , नौमती बाजा बजेको र थाली नाँचेको फोटो छ तर मोशन भिडियो भेटिएन , के मतलब त्यहाँ महोत्सब भएको ? अब आइन्दाको भिडियो कुनै मतलब हुदैन किनकि महोत्सब सकियो पुरानो भयो अर्थात् बासी भइ गयो । म्याग्दी जिल्ला मिडियामा धेरै पछाडी रहेछ , त्यहिँ रिसले एक हप्ता सम्म वेबसाइटमा केही कुरा राखेन ।
लेख्दा लेख्दा एउटा कुराको सम्झना आयो , हामी साना छंदा स्कुलमा पढ्दा खेरी नेपाल एउटा शान्ति प्रधान देश हो भनेर पढ्ने गर्थ्यौं तर दू:खदको कुरा आज त्यहिँ मुलुकमा शान्ति किन्नु परेको छ । शान्ति बेच्नु पर्ने ठाउँमा ऋण गरेर शान्ति किन्नु परेको अवस्था देख्दा जो कसैलाई पनि चित्त दुख्नु स्वाभाविक हो । हामीले पढ्दा श ष स ह भनेर पढिन्थ्यो पहिला शान्ति थियो भने आजकलको जमानामा स ष श ह भनेर अर्थात् सरकार पहिला पढ्दा रहेछन की जस्तो भइ सक्यो, सरकारले ओभरटेक गरयो ।
बिदेशमा बस्ने धेरैलाई आफ्नो देशको प्राकृतिक सुन्दरताप्रति गर्ब छ, आफ्नो कला संस्कृति प्रति माया छ, देशमा लगानी गर्न इच्छुक छन् तर बाध्यता र विवश बश बिदेशको भूमिमा कोही ६ डिग्री तापक्रम भएको देशमा बसोबास गरेका छन् कोही ४०/४५ डिग्रीको गर्मी हुने देशमा भौतारिनु परेको यथार्त छ । सांचिकै बिदेशको जीवनयापन कठिन छ । बिश्व अर्थतन्त्रमा आएको मुन्द्रा अवमुल्यन अर्थात् स्फ्रितिले हरेक बर्ष महंगी बढ्दै जानु यो एउटा कारक तत्व मान्न सकिन्छ । आफ्नो देशलाई सम्झियो हरेक दिन बन्द, हड्ताल , अभाव , हत्या , अपहरण , भ्रष्टचार ..... आदि आदि साध्य नै छैन । अबको दश बर्षपछि बिदेशमा नेपालीहरुको जीवनयापनको स्तर औसतमा निकै कठिनाई हुने सम्भावना छ किनकि बढ्दो रोजगारीमा प्रतिस्पर्धा हुनु , नेपालीहरुमा शैक्षिक योग्यता अनुसार रोजगारी कम हुनु , प्राविधिक ज्ञान नहुनु जसले गर्दा पारश्रमिकमा अन्तर जस्ता कारक तत्व मानिन्छ । देशमा शान्ति मात्रै भैदिए धेरै जना नेपालीहरु स्वदेशमै केही गरी खाने सोच बनाउन सक्छन । गत बर्षको पर्यटन बर्ष पनि शान्तिले गर्दा ७ लाख पर्यटक भित्रिय उनीहरु यहाँको सरसफाई , सुबिधा देखेर होइन जब भने हंगकंगमा ४ करोड पर्यटक , आकाश धर्तिको फरक ।
हेर्नुहोस् न हजुरहरु ! मैले यो लेख लेख्दा लेख्दै तापक्रम त झन ९ डिग्री पो भएछ । खुट्टा पनि मजा लगाईएछ तर चिसो भइ राखेको छ हिजो मैले काम गर्दा १२ डिग्री थियो र त्यहाँ काममा ज्याकेट नलगाउने म मात्रै थिए । फेरी भोलि निम्तो छ र काम पनि छ के गर्नु ! कस्तो हुन्छ हेरौं !
जे भएपनि चाईनिज नयाँ बर्षको उपलक्ष्यमा " कु ङ् हे फा त छोय " अर्थात ह्याप्पी निउ एअर " ।
ड्रयागन बर्ष त नेपालमा चाहिए थियो गाठे ! किनकि यो बर्ष ति अशान्ति, चक्काजाम , बन्द हड्ताल , हत्या , अपहरण , भ्रष्टचार , अभाव, महंगी सबै ड्रयागनले निलेर सखाप बनाओस ।
_______________________________________________________________
अन्तमा जाँदा जाँदै एउटा कौडा गीत पनि सुन्नु होला !
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.